२०७९ चैत १२ आइतबार

राशिफल

नयाँ सरकारबारे प्रचण्डको खुलासा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बारे खुलासा गरेका छन् । उनले केही दिनमै नयाँ सरकार बन्ने दाबीसहित यस्तो खुलासा गरेका हुन् ।

चितवनको माढीमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निरङ्‌कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकार अब धेरै दिन नटिक्ने दाबी गरेका हुन् ।

उनले भने, ‘वर्तमान सरकार निरङ्‌कुश र असंवैधानिक छ । हामी यसलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँ ।’