२०८० फागुन १८ शुक्रबार

राशिफल

धरान उपमहानगरको वडा नम्बर १ र ३ मा कांग्रेस विजयी

काठमाडौं : धरान उपमहानगरपालिकाको वडा नम्बर १ र ३ मा कांग्रेसको प्यानल विजयी भएको छ। वडा नम्बर १ मा कांग्रेसका यज्ञमणि आचार्य र वडा नम्बर ३ मा बिध्या शाक्य विजयी भएका छन्। आचार्यले ७ सय ५७ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्दी राप्रपाका रोशन अधिकारीले ७ सय ३ मत प्राप्त गरे।

वडा ३ मा विजयी बनेका शाक्यले एकहजार ४२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी एमालेका सुयोग पाखृन ले ६ सय २५ मत प्राप्त गरे।