काठमाण्डौं : सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिने तयारी गरेको छ ।
दुई दिने बिदा प्रभावकारी नभएको, अव्यवहारिक भएको तथा हितमा नभएको भन्दै फिर्ता लिने तयारी गरेको हो ।
ईन्धन खपत घटाउँन सरकारले बिदा दिने निर्णय गरेपनि बिदाको दिन झन् धेरै घुम्न निस्कने हुँदा ईन्धन खपत उस्तै हुने देखिएको छ ।
मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
निर्णयअनुसार शनिबार र आइतबार दुई दिन बिदा हुनुका साथै अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने जनाएको थियो । source : artha sarokar
तपाइँको प्रतिक्रीया