२०८० फागुन १८ शुक्रबार

राशिफल

नजन्माउन आमा दलित सन्तान

  • एनडीसी खबर२०७९ जेठ २१ शनिवार १०:४५:२१

नजन्माउन आमा दलित सन्तान
यो समाजमा उसको
अस्तित्व छैन।

नजन्माउन आमा दलित सन्तान
यो समाजमा उसले
छोएको पानी चल्दैन।

नजन्माउन आमा दलित सन्तान
यो समाजमा उसको
कदर हुँदैन।

नजन्माउन आमा दलित सन्तान
यो समाजमा उसको
स्थान छैन।

नजन्माउन आमा दलित सन्तान
यो समाजमा उसको
स्वाभिमान छैन।

नजन्माउन आमा दलित सन्तान
यो समाजमा उसको
अस्तित्व छैन।

   लेखक : सुशिला थापा