२०७९ चैत १२ आइतबार

राशिफल

जसपाको चुनाव लक्षित निर्वाचन अभियान तयारी समिति गठन

काठमाडौं   : जनता समाजवादी पार्टी जसपा नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ।

७ वटै प्रदेशका प्रतिनिधि समावेश गरेर जसपाले समिति गठन गरेको हो।

समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेश प्रदेशबाट चन्देश्वर सदा, वागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन्। सचिवालय सचिवमा सीपी सिंह रहेका छन्।