२०८० फागुन १७ बिहीबार

राशिफल

नेपालमा जातीय विभेद र अन्तरजातीय विवाह

चेतनशिल प्राणी भनिएको मान्छेले मान्छेमान्छे किन विभेद गर्छ होला ? जात वा छालाको रंगको आधार गरिने विभेद एसियामा मात्रै होइन । ठाउँ अनुसार विश्वका विकसित भनिएका देशहरूमा समेत उत्तिकै छ । समग्रमा भन्दा मानवीय विभेद हिजो, आज र यही अवस्था रह्यो भने सायद भोलिको विश्वको पनि गम्भीर समस्या हो र हुने देखिन्छ ।

यो सानो लेखमा नेपालमा जातीय विभेद र अन्तरजातीय विवाहको प्रशंङ्गमा केही कुरा उल्लेख गर्नेछु ।

वि. सं. २०२० सालको मुलुकि ऎनले जातिय विभेद उन्मुलन गरेता पनि यो कागजीरूपमा मात्र लागू भयो । जुन व्यवहारमा आजसम्म पनि पूर्ण रुपमा लागू हुन सकेको छैन ।

अहिले २१ औं शताब्दीमा आइपुग्दा पनि जातिय विभेदले समाजमा जरा गाडेर बसेको छ । जात दुई वटा मात्र हुने गर्दछन एक महिला र पुरूष तर विडम्बना समाज तथा समग्र देशमा अझै पनि पुरातन सोंच र रितिरिवाजलाई अगाल्दै आएर तल्लो जात र माथिल्लो जात भनेर गरिने विभेद जारी छ ।

हिजो जस्तै लाग्छ रूकुम सोति घटना अन्तरजातीय प्रेम गरेकै कारणले ६ जनाको ज्यान गयो । देशकै एक सदन तात्यो र घटना यतिकै सेलायो । उक्त घटना लगतै सुर्खेतमा पनि सम्झना परियार रविक बिच प्रेम बिबाह हुँदा युवतीले बीस सेवन गरेर प्राण त्याग्न बाध्य भइन। त्यो लगत्तै बाग्लुङमा मिरा परियार र क्षेत्री बिच प्रेम सम्बन्ध हुदा पारिवारिक सल्लाह नमिल्दा ज्यान गयो ।

पवित्र प्रेम भन्दा ठुलो जात हुदैन । ग्रन्थले मानिस बनाएको होइन, मानिसले ग्रन्थ बनाइएको हो । परिवर्तन हुनुपर्छ पनि भन्छन । तर परिवर्तनको सुरुबात गर्दा पनि नानाथरी आलोचना र दुस्ख, अन्तरजातीय बिहे गरेका अनेक जोडिहरूलाई माया गरेको मान्छे त पाउँछन् तर परिवारबाट टाढिनु पर्ने परिवार समाजसगको नाता तोडनु पर्ने हाम्रो बर्तमान अवस्थाले मानव सभ्यताको धज्जि उडाएको छ ।

तर सबै मानिस विभेदकारी छैनन् । आंशिक रुपमै भएपनि समाज परिवर्तनको दिशामा छ । अहिले को समयमा हेर्ने हो भने अन्तरजातीय प्रेम बिबाह दिनानुदिन बढ्दै गएको सुन्न र देख्न सकिन्छ । केही दिन अघिमात्र ुअन्तरजातीयु विवाह गरेका एक युगल जोडि सामाजिक संजालमा चर्चामा रहे र अझै पनि उनीहरूको चर्चा सेलाएको छैन ।

कुरिती र कुशासनको भुमरीमा रुमल्लिएको समाजलाई परिवर्तनको सपना तत्कालीन माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धले अवश्य पनि देखाएको हो । मुर्दा शान्ति होइन, साँचो अर्थमा अन्याय र अत्याचारमा पिल्सिएकाहरू।बोल्न पाउँने र उनीहरूको आवाजको सुनुवाइ हुनुपर्ने जुन कुरा माओवादी जनयुद्धले अघि सारेको थियो, सोहि आधारमा समाज अगाडि बढे जातीय विभेद अन्त्य हुन्थ्यो कि ?

-प्रियंका पन्थी, रेसुङ्गा नगरपालिका, गुल्मी