२०८० जेठ २७ शनिवार

राशिफल

नेपाल डेभल्पमेन्ट कन्सलटेन्ट्स आजबाट १८ औं वसन्तमा प्रवेश

काठमाडौं  :  नेपाल डेभल्पमेन्ट कन्सलटेन्ट्स आजबाट १८ औं वसन्तमा प्रवेश गरेको छ । विगत १७ वर्षअघि काठमाडौं उपत्यकामा स्थापना भएको यस संस्थाले भ्यालुएसन, विल्डिङ, डिजाइन, कन्सट्रक्सन लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था आजबाट १७ वर्ष पुरा गरि १८ औं वसन्तमा प्रवेश गरेको हो ।

हाल काठमाडौं उपत्यकामा बसोवास भएका नेपाल भ्यालुर्यस एशोसियसनका संस्थापक सचिव देखि उपाध्यक्षसम्म हुनुभएका बहुप्रतिभाशाली व्यक्ति ई.सञ्जय कुमार महत्तो द्धारा सञ्चालित यस संस्थाले सम्पुर्ण बैङक् तथा वित्तिय संस्था र ग्राहक महानुभावहरुमा राम्रो नाम कमाउन र छाप राख्न सफल भएको छ ।

निर्माता र इन्जीनियरिङ गरी फरक दुई फिल्डमा पहिचान बनाउन सक्षम महत्तोद्धारा हाल नेपाल डेभल्पमेन्ट कन्सलटेन्ट र विगत एक वर्ष अगाडी देखि एनडिसी मिडिया हाउस समेत सञ्चालनमा ल्याएको छ । बाल्यकालदेखि नै सँधै सकारात्मक सोच राख्ने महत्तोले वार्षिक उत्सवको अवसरमा संस्थाको तर्फबाट सम्पुर्ण गा्रहक महानुभावहरुलाई धन्यवाद समेत व्यक्त गरेको छ ।