काठमाडौं: भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धानचामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ ।
कनिका निर्यातमा रोक लगाएको संघका एक अधिकारीले भने,’यो भनेको भनेको निर्यातमा रोक लगाउनु सरह हो । हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिंदैछौं ।’
आर्थिक वर्ष २०७८।७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।
आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएकाले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।
भारतले आर्थिक वर्ष २०२१।२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३।९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैरबासमती चामल निकासी गरेको आधिकारिक तथ्यांक छ ।
मुलुकले २०२१।२२ मा गैरबासमती चामल १५० भन्दा बढी देशमा निर्यात गरेको थियो।
गत वर्ष २०२०।२१ मा १२४.३७ मिलियन टनको तुलनामा गत बाली वर्षमा धान उत्पादन बढेर १३०.२९ मिलियन टन भएको थियो।
भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाइरहेको छ ।
तपाइँको प्रतिक्रीया