२०७९ असोज १८ मङ्गलबार

राशिफल

वीर अस्पताल अगाडि औषधि पसललाई दिउँसो १ बजेसम्मको अल्टिमेटम

काठमाडौं  :  काठमाडौंको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाउन महानगपालिकाले आज दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो हिजो २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताएका छन् । नक्सा विपरीत रहेका औषधि पसल हटाइने उनले बताए । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो । तर पसलेको विरोधका कारण हटाउन सकेको थिएन ।