२०७९ असोज १८ मङ्गलबार

राशिफल

कैलालीमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, छोरी घाइते

काठमाडौं  : कैलालीमा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। गौरिगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने अन्दाजी ३३ वर्षीया ललिता नाम्जाली मगरको मृत्यु भएको हो।

श्रीमान् शेरबहादुरको कुटपिटबाट उनकी श्रीमती ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी प्रवक्ता वेद प्रकाश जोशीले शेरबहादुरको कुटपिटबाट उनकी १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जोशीले जानकारी दिए। शेरबहादुर भने फरार छन्। फरार रहेका उनको खोजीकार्य भइरहेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए।