२०८० असोज १० बुधबार

राशिफल

धादिङको गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्युपछि तनाव सिर्जना

काठमाडौं : धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड समेत गरेका छन् ।

आक्रोसित उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।