२०७९ असोज १८ मङ्गलबार

राशिफल

कैलालीमा श्रीमतीको हत्या गरि फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं  :  कैलालीमा आज बिहान भएको हत्या घटना संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० रवीन्द्र पाण्डेले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए ।