२०७९ असोज १८ मङ्गलबार

राशिफल

धनगढीको भाटभटेनीलाई २ लाख जरिवाना

काठमाडौं : धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्टलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

पेपे पिज्जाले बजार मूल्य भन्दा झण्डै दोब्बर मूल्यमा पानी र पेय पदार्थ बिक्री गरेकाले जरिवाना गरेको विभागका सूचना अधिकारी ललित पन्तले जानकारी दिए । उनकाअनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि विभागले दुईरदुई लाख जरिवाना गरेको छ । उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको पन्तको भनाइ छ ।