काठमाडौं : चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै उम्मेदवारी दिन अपिल गरेको छ।
चितवन-३ छोडेर गोरखाबाट चुनाव लड्ने तयारीमा रहेका प्रचण्डलाई मंगलबार बसेको गठबन्धनको जिल्ला स्तरीय बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर निर्वाचन क्षेत्र परिवर्तन नगर्न भनेको हो ।
‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुन अपिल गर्ने निर्णय गरिन्छ,’ बैठकको निर्णयमा भनिएको छ ।
बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।
तपाइँको प्रतिक्रीया