काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस चलिरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गरेको अभियोगपत्रमाथि मंगलबरदेखि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई बलात्कार गरेको पुष्टि भएको जिकिर गर्दै १० देखि १२ वर्ष जेल सजाय हुनपर्ने मागदाबी प्रस्तुत गरेको थियो ।
तपाइँको प्रतिक्रीया