२०८० मंसिर १३ बुधबार

राशिफल

१ करोड १० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा निलम्बित नासु उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका निलम्बित नायब सुब्बा शिवराज उपाध्यायले एक करोड १० लाख रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बझाङको सुर्मा गाउँपालिकामा कार्यरत रहँदा निलम्बनमा परेका उपाध्यायले कार्यरत रहेको समय अर्थात् २०५५ सालको भदौ २५ गतेदेखि २०७८ सालको चैत ३० गतेसम्म आर्जन गरेको सम्पत्ति र अहिलेको सम्पत्ति तथा खर्च विवरणको आधारमा एक करोड १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारले एक करोड १० लाख ६७ हजार बिगो र बिगो बराबर जरिबाना तथा कैद सजायको मागदाबी गरेको छ ।

निलम्बित नायब सुब्बा उपाध्यायले स्रोत नखुलेको सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा समेत राखेको पाइएकोले उनको नाममा भएको सम्पत्ति बराबरको बिगो र जरिबाना जफतको दाबीसमेत अख्तियारले गरेको छ ।