२०८० असोज १० बुधबार

राशिफल

मलेसियामा कार्यरत नेपाली श्रमिकका लागि घुम्ती सेवा सुरु

काठमाण्डौ  : मलेसियामा रहेको नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ ।

नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए ।

क्वालालम्पुरबाट झण्डै चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले हिजो अस्थायी घुम्ती सेवाको उद्घाटन गरे ।