२०७९ मंसिर १५ बिहीबार

राशिफल

झापा ३ मा राप्रपा लिङ्देनको अग्रता कायमै

काठमाडौं  : झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ ।

१३ हजार आठ सय ५२ मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा छन् ।

झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेशसभा १ मा एमालेका वसन्त बानियाँ सात हजार तीन सय ५८ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी सात हजार दुई सय ७५ मतका साथ दोस्रो स्थानमा छन् । newskarkhana