२०८० असोज १० बुधबार

राशिफल

मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी

काठमाडौं :  मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् ।

उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे ।

अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए ।