२०७९ माघ २३ सोमबार

राशिफल

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

काठमाडौं  : चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

उहाँको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ ल्युकेमिया रोगबाट पीडित हुनुहुन्थ्यो । जसका कारण उहाँका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उहाँको निधन भएको संचार माध्यमले जनाएका छन् ।

जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित हुनुभएको थियो । रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उहाँले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाउनु भएको थियो । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति हुनुहुन्थ्यो ।

जेमिनको मृत्यु यस्तो समयमा भएको छ, जब चीनका विभिन्न शहरहरूमा कोरोना प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ।