२०८० असोज ८ सोमबार

राशिफल

पहिलो एक दिवसीयमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो

काठमाण्डौ  :  पाकिस्तानले पहिलो एक दिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जितसँगै घरेलु टोली पाकिस्तानले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । जितको लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४८ ओभर १ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका मोहम्मद रिजवान सर्वाधिक ७७ रनमा अविजित रहे । कप्तान बाबर आजम ६६ रनमा आउट भए । ओपनर फखार जमानले ५६ रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए । टिम साउथी र ग्लेन फिलिप्सले एकरएक विकेट लिए ।

त्यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो ।  यी दुई देशबीचको दोस्रो एक दिवसीय बुधवार र तेस्रो खेल शुक्रवार हुनेछ।