२०८० मंसिर १३ बुधबार

राशिफल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डौ  :  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ । एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।