२०७९ माघ २३ सोमबार

राशिफल

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली

काठमाडौं  :  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेका छन।

बिहिबार दिउँसोː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशका र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहिबार रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरुका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू-भागहरूमा विहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरिएको छ।