काठमाण्डौ : धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको छ ।
गएको असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका कार्कीको शव फेला भेटिएको हो ।
हिमपात भएको बेला बेपत्ता कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताउनुभयो ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएको थियो ।
तपाइँको प्रतिक्रीया