२०७९ माघ २३ सोमबार

राशिफल

आज धेरै ठाउँको मौसम सफा रहने

देशका  : धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यो प्रणालीको प्रभाव पर्सिसम्म नै पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।