२०७९ माघ २३ सोमबार

राशिफल

सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको मुख्यमन्त्री राजेन्द्रसिंह रावलको गुनासो

काठमाडौं  :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना कार्यक्रममा मुख्यमन्त्री रावलले केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने पनि बताउनुभयो ।

उहाले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभयो ।

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै उहाले काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने बताउनुभयो ।