काठमाडौं : धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गल्छी गाउँपालिका वडा नम्बर–६ मा एक पुरुष र थाक्रे गाउँपालिका महादेवबेसीबाट एक महिला पक्राउ परेका हुन् ।
चरेस ल्याउँदै गरेको सूचनाको आधारमा लागु औषध ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले ३४ किलो ५ सय ग्रामसहित धादिङको गजुरी गाउँपालिका वडा नम्बर–८ का ३२ वर्षका वीरबहादुर तामाङ र थाक्रे गाउँपालिकाको महादेवबेसीबाट ८ किलोग्राम ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की ३५ वर्षकी लक्ष्मी पुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया