२०७९ चैत १२ आइतबार

राशिफल

दाङमा नवजात शिशुको शव फेला

काठमाडौं :  दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।

जङ्गलमा दाउरा खोज्न गएको समयमा स्थानीय महिलाले हिजो दिउँसो नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।