२०८० मंसिर १३ बुधबार

राशिफल

बुस्टर डोजु का लागि थप खोप आइपुग्यो

काठमाण्डौ  :  कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा ९बुस्टर डोज० का लागि थप खोप आज नेपाल आइपुगेको छ ।

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ९गाभी० ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा। सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप आज पनि तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको बाइभ्यालेन्टु खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ ।