२०७९ चैत १२ आइतबार

राशिफल

भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन

भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ ।

२० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले निधन भएको हो त्यो भने खुलाइएको छैन् ।

उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २ सय भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेकी थिइन् ।

बेलाको विवाह अभिनेता तथा फिल्म मेकर आशिस कुमारसँग भएको थियो । अभिनेत्री हुनुका साथै बेला एक दक्ष चित्रकार र राष्ट्रिय स्तरको पौडी खेलाडी थिइन् । फिल्म ‘मै नशे मे हुँ’ मा बेलालाई उनको उचाइका कारण राज कपूरको अपोजिटमा मुख्य नर्तकीको भूमिकामा लिएका थिए । तर, उनको सोही उचाइका कारण धेरै फिल्म हातबाट बाहिरिएका पनि थिए ।