काठमाडौं सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।
मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेवसाइटमा सुरु गरेको छ ।
नयाँ प्रणालीसंगै सरकारी निकायहरुले आ–आफ्ना कार्यालयसंग सम्बन्धीत सूचना तथा जानकारी निकायगत बेवसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुचका लागि नया प्रयोग प्रभावकारी हुने बताउनुभयो ।
एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरुपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उहाले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया