२०७९ चैत १२ आइतबार

राशिफल

इन्डोनेसियामा आगलागी १७ को ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ।

आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको ज्यान गएको छ र घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । इन्धन भण्डारण डिपोमा हिजो बेलुका लागेको आगो नजिकै रहेको आवास क्षेत्रमा फैलिएको थियो । आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो।

पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ