२०८० मंसिर ८ शुक्रबार

राशिफल

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त

काठमाण्डौ  : नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएको छ ।

सोमवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा संसदीय दलको नेतामा नेम्वाङलाई नियुक्त गर्नुभएको हो ।

यसअघि हिजो आइतवार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गर्नुभएको थियो ।