काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज पपुवा न्युगिनी (पीएनजी) र यूएई खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ ।
यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।
तपाइँको प्रतिक्रीया