२०७९ चैत १२ आइतबार

राशिफल

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढयो

काठमाण्डौ    :  सुनको भाउ आज बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।