२०७९ चैत १२ आइतबार

राशिफल

ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डौ  :  शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

लिगको पाँचौँ चरण अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

चर्च ब्वाइज ४ खेलमा १० अङ्क जोडेर दोस्रो स्थानमा छ । मच्छिन्द्र ४ खेलमा ४ अङ्कका साथ १२औँ स्थानमा छ । यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो साढे २ बजे नै खेल हुनेछ । थ्री स्टार ४ खेलमा ७ अङ्कका साथ छैटौँ र समान खेलमा समान ७ अङ्क नै रहेको जावलाखेल चौथो स्थानमा छ ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।