२०७९ चैत १२ आइतबार

राशिफल

किरियापुत्री कै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा सहभागी

काठमाडौं  : गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्री कै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।

‘पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि मत दिन आएको हुँ’ मतदानअघि प्रदेश सांसद बरालले पत्रकारहरुसित भने ।

उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य , सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।