२०७९ चैत १२ आइतबार

राशिफल

उपराष्टपति निर्वाचनमा नेमकिपा सहभागी नहुने

काठमाडौं :   उपराष्टपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सहभागी नहुने भएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेको हो ।

एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिए ।

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ ।