२०८० जेठ २७ शनिवार

राशिफल

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको साधारणसभा आज बस्दै

काठमाडौं  :  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको साधारणसभा आज बस्दै छ । सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावमा छलफल हुनेछ ।

यस कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।
आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।