२०८० जेठ २७ शनिवार

राशिफल

ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाण्डौ  :  ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछन् ।

पहिलो खेलमा अहिले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे हुनेछ ।

प्रतियोगितामा गएको माघमा ईटहरीमा भएको प्रधानमन्त्री कप महिला टी–ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागिता छ ।