२०८० जेठ २७ शनिवार

राशिफल

नदी किनारका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाण्डौ महानगर आग्रह

काठमाण्डौ  :  काठमाण्डौ महानगरपालिकाले नदी किनारमा बनेका अनाधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको छ ।

महानगरले आज सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक एक हप्ताभित्र हटाउन आग्रह गरेको हो ।

यसअघि पनि यस्ता सूचना निकालेर अनधिकृत संरचना हटाउन भनिएको महानगरपालिकाले स्मरण गराएको छ । एक हप्ताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।

काठमाण्डौ महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन् ।