२०८० जेठ २७ शनिवार

राशिफल

अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको ज्यान गयो, २८ जना घाइते

अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गर्नु भएको छ ।

कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।