२०८० जेठ २७ शनिवार

राशिफल

बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई ‘डिपोर्ट’ गरेको खुलासा

बेलायतले अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा काम गरेका एक सयभन्दा धेरै नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला ‘डिपोर्ट’ गरेर नेपाल पठाइएको खुलासा भएको छ ।

काबुलमा रहेको बेलायती दूतावासका कर्मचारीको सुरक्षामा खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने इच्छाविपरीत जबर्जस्ती निकाला गरिएको बेलायती अखबार द गार्डियनले उल्लेख गरेको छ । तालिबान सत्तामा आएपछि बेलायतसहित पश्चिमा देशहरुले सन् २०२१ अगस्टमा काबुलबाट हजारौँको सङ्ख्यामा उद्धार गरेका थिए । बेलायतको रोयल एयर फोर्स ९आरएएफ० ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली तथा भारतीयसहित झण्डै २४ हजार ५ सय नागरिकको उद्धार गरेको थियो ।

अन–अराइभल ६ महिना भिसा हुँदा समेत बेलायतले उनीहरूलाई उद्धार गरेलगत्तै देश निकाला गरेको खबरमा उल्लेख छ । ती सुरक्षा गार्डहरुलाई बेलायतको नर्थ हयाम्प्टन, रेडिङ, अक्सफोर्ड र स्वपन्डनका होटेलमा १० दिन क्वरेन्टिन पनि नसकिँदै डिपोर्ट गरेको पाइएको छ ।