अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ ।
दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।
स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएका छन् ।
प्रहरीले गोली हान्ने व्यक्ति अझै फरार रहेको बताएको छ ।
तपाइँको प्रतिक्रीया