२०८० जेठ २७ शनिवार

राशिफल

नवनियुक्त तीन जना मन्त्रीद्धारा शपथ ग्रहण

काठमाडौं : नवनियुक्त तीन जना मन्त्रीले शपथ लिनुभएको छ ।

आज बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराउनुभएको हो ।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त हनुभएको थियो । नेपाली कांग्रेसबाट मन्त्री भएका उहाँहरूलाई आज शपथ गराइएको हो।

मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।