२०८० असोज १० बुधबार

राशिफल

पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।

कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।

दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।