२०८० जेठ २७ शनिवार

राशिफल

नक्कली भुटानी शरणार्थी प्रकरणमा नर्दोष फस्दैनन्, दोषी उम्कदैनन् : माओवादी केन्द्र

काठमाडौं :  नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दाेष नउम्कने दाबी गरेको छ ।

काटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष नफस्ने र दोषी नउम्कने बताएका हुन् ।

यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन र निर्दाेष फसाउन खोजिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

यसपछि आयोजित पत्रकार सम्मेलनमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दाेष फस्ने स्थिति नआउने दाबी गरेका हुन् ।