काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धको अवमूल्यन गर्न खोजिएको भन्दै आपत्ती जनाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले सचिव योगेश भट्टराईले जनयुद्ध शव्दप्रति आपत्ती जनाएपछि पौडेलले जनयुद्धको अवमूल्यन नगर्न र यस बिषयमा शव्दकोष पल्टाएर हेर्न सुझाव समेत दिनुभयो ।
जनताले लडेको युद्ध जनयुद्ध भएकाले जनयुद्ध अन्य कुनै जनावरकाबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति उहाले आपत्ति जनाउनुभयो ।
उहाले १२ बुदे सहमतिमा एमालेका नेताहरुले नै गरेको हस्ताक्षर गरेको नविर्सन समेत भट्टराईलाई सुझाव दिनुभयो ।
पौडेलले संसदको रोष्टममा आएर कटाक्ष गर्नुभन्दा गणतन्त्रको रक्षामा लाग्न सुझाव दिदै त्यसका लागि हातेमालो गर्न माओवादी तयार रहेको बताउनुभयो । उहाले सरकारको नीति तथा कार्यक्रम ताली पिटेरै बहुमतले पारित गर्ने जिकिर गर्नुभयो । उहाले अहिलेको समय शव्दजालमा रमाइलो गर्ने समय नभएकाले अर्थतन्त्र सुधार गरेर मुलुकलाई अघि बढाउने कुरामा एकताका साथ अघि बढ्नुपर्ने समेत बताउनुभयो ।
तपाइँको प्रतिक्रीया