२०८० जेठ २७ शनिवार

राशिफल

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डौ :  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच दिउँसो ३ बजे खेल हुनेछ ।

यस्तै, एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे नै प्रतिस्पर्धा हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ’बी’ डिभिजनमा घटुवा हुनेछन् ।