काठमाडौं : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै खुमलटारले २० खेलमा २१ अंक जोडेको छ समान खेल खेलेको सातदोबाटोको २९ अंक रहेको छ ।
त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा अहमद हिजाजीले २८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
तपाइँको प्रतिक्रीया